समाचार

ओली सरकारले गरेका राजदूत नियुक्ति फिर्ता गर्ने सरकारको निर्णय

२०७८ असोज ५

काठमाडौँ।  सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।