समाचार

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई

२०७८ भदौ ३०

प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कार र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’, लाई प्रदान गर्ने निर्णय गरेको हो ।