छैठाैँ रनिङशिल्डकाे उपाधी धाैराली माविले जित्दै ईतिहास रच्याे

| २०८० पौष १९ गते २१: ०७ मा प्रकाशित

कमला घिमिरे,पाणिनी । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा सञ्चालन भएको विद्यालय स्तरिय राष्ट्रपति रनिङशिल्ड-२०८० को उपाधी धाैराली मावि निगालीले ईतिहास रचेको छ ।

यसअगाडीमा रनिङशिल्ड पचाएकाे विद्यालयले पुन: छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि हात पारे सँगै धाैराली माविले यो इतिहास रच्न सफल भएको हो ।

विभिन्न विधामा भएका स्पर्धामा द्धेउराली माध्यमिक विद्यालयले ७ स्वर्ण सहित आफुलाई यस पटक पनि अब्बल राख्न सफल भएको हो । प्रतियोगितामा ४ स्वर्ण जितेको कमला माध्यमिक विद्यालय पालिले दोस्रो तथा समान ४ स्वर्ण जितेको हरिहरि मा.वि. तेस्रो भएकाे पाणिनि गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खनालले जानकारी दिनुभयाे ।

जम्मा २४ स्वर्णका लागि भएका प्रतिस्प्रधामा पालिकाका १६ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । यस्तै आज भएको भलिवल छात्र तर्फ सिद्ध माध्यमिक विद्यालय र छात्रातर्फ द्धेउराली माध्यमिक विद्यालयले जित हात पारेका छन् । पौष १७ गतेबाट सुरू भएकाे प्रतियोगिता आज समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्