बेचिएको छ जिन्दगी : बिष्णु प्रसाद पराजुली

| २०७८ भदौ १५ गते ०२: ३० मा प्रकाशित

आजकल त सडकको किनारामा लेखिएको छ जिन्दगी ।
कहि साहुको ऋणी खातामा ब्याज सहित टाँसिएको छ जिन्दगी ||
सबै सुख खोज्छन तर सुख भन्ने कहाँ छ र? |
सुख खोज्ने निहुँमा दुःख मात्र रेटिएको छ जिन्दगी ||

कल्पनामा पजेरो चढेको अनुभव गरेतापनि |
वास्तवमा दोवाटोमै मेटिएको छ जिन्दगी ||
जिन्दगीको यात्रामा पराइ सँग हजार नाता जोडे पनि |
'कु'साइतको जन्म हो कि आफन्तबाटै लुटिएको छ जिन्दगी ||

हुरि बतासले पछारेका तिनिहरुलाई के नै पो गरेकेा हुन्छ र |
त्यो भन्दा पनि बढि मान्छे कै शब्दले चुढिएको छ जिन्दगी ||
तिमि आफुलाई जति स्वावलम्बी ठान तर |
पापी पेटको लागि बेचिएको छ जिन्दगी ||
बिष्णु  प्रसाद पराजुली

प्रतिक्रिया दिनुहोस्