देशले युवा नेतृत्व मागेको छ

| २०७८ पौष १० गते २१: १५ मा प्रकाशित

देशले नयाँ बिचार र युवाको नेतृत्व मागेको छ 
कुनै कुनै पार्टीमा त युवाहरु पनि जागेको छ !

बिचारबिना देश बिकास सम्भव छैन महोदय
ईतिहाँस हेर्नुस युवाले नै क्रान्ति पार लागेको छ !

भाषण धेरै भए तर नेतृत्व त्यही सत्तहरी नाघेका 
विकशित देश हेर्नुस युवाले गर्दा अघि भागेको छ

सचेत हुन जरुरी छ युग लाई बुझ्न झन जरुरी 
हामी कहाँ छोडियो प्रवृतिले पर्खाल नाघेको छ

✍️ नवीन बस्याल 
  ➡️ स्वर्द्वारी न पा २ प्युठान

प्रतिक्रिया दिनुहोस्