अवसरवादी नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

| २०७९ जेठ ५ गते १७: १७ मा प्रकाशित

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ  

गायक रामकृष्ण दुलालले गाएको यो गीत मैले पटक–पटक सुनेको छु । यो गीत सुन्दा मलाई मात्र होइन, मेरै उमेरका तमाम नौजवान युवाहरुलाई क्रान्तिमा होमिन र देशप्रतिको माया जाग्न खुबै प्रेरित गरेको हुन्छ । 

राजनीतिक जीत गणकहरूले देखाएको अंकगणितबाट मात्रै प्रमाणित हुँदैन, माओवादी मात्रै यस्तो पार्टी हो, जसले कुन पार्टीलाई ठूलो बनाइदिने, कुन पार्टीलाई सानो बनाइदिने भन्ने ल्याकत राख्दछ । राजनीतिक भविष्य सुरक्षित गर्नका लागि माओवादी छाडेर जाने नेताहरूको सम्झनास्वरूप दुःखी कार्यकर्ताको एउटै सुझाव रहँदै आएको छ, ‘बाबुराम, वैद्य, विप्लव, टोपबहादुर, लेखराज भट्ट सबै मिल ।’ तर यिनीहरू मिल्न तयार छैनन्, हुँदैनन् । किनकि यिनीहरू सबैलाई माओवादी आन्दोलन, कार्यकर्ता, घाइते, शहीद परिवारको चिन्ताभन्दा पनि आफ्नै धेरै चिन्ता छ ।  सांसद, मन्त्री भइसकेर पनि यिनीहरूको लोभको भाँडो झन्झन् धेरै रित्तिँदैछ तर पनि विचरा जनताले माओवादीलाई पछ्याउन छाडेका छैनन् । मृत्यु शय्यामा रहेको बिरामीलाई स्वर्गको यात्रा सहज होस् भनेर गाईदान गरेजस्तै माओवादी ‘गाईदान’ गर्ने नेताहरू धेरै निस्किए तर मेडिकलबाट निको भएर बिरामी हिँडेर घर फर्किएजस्तै माओवादी यतिखेर बौरिएको छ । आफ्नो जीवनलाई फेरि एकपटक जोगाउने कोशिश गरेको छ ।

प्रचण्ड त्यस्तो पात्र हुनुहुन्छ, जसले नेपालमा बस्ने आम मान्छेका लागि समानतावादी जनयुद्धको नेतृत्व गर्नुभयो । इतिहास हाम्रा अगाडी छ । माक्र्स देखि लेनिन–स्तालीन माओ देखि अहिले ‘प्रचण्ड’ सम्म देशी विदेशी सक्तिले आफ्ना लालित–पालित प्रतिनिधिले विचार र नेत्तृत्व विरुद्ध हमला गर्दै आएको छ ।

आरबी खड्का
अखिल भारत नेपाली एकता मञ्च

प्रतिक्रिया दिनुहोस्