हर्क बन्ने रहर र वास्तविकता !

| २०७९ जेठ ९ गते १९: २७ मा प्रकाशित

 प्रकाश दाइ/ हिँजोदेखी हर्क साम्पाङको निकै चर्चा छ ।  एउटा सामन्य मान्छेले स्वतन्त्रबाट धरान जस्तो ठाउँमा मेयर जितेकोले ,  चर्चैचर्चा !

   उनका पुराना भिडियोहरु यतिबेला भाईरल छन् । युट्युब , टिकटक र फेसबुकमा स- स्याना क्लिपहरु आईरहेका हुन्छन् ।
   हामी सामाजिक प्रयोगकर्ताहरुले  नचाहेर पनि  हेरेकाछौँ ।  एकदुई भिडियो  हेरेपछी उनको कृयाकलापले तान्छ र खोजी खोजी हेर्दैछौँ ।

  यतिबेला देशैभरी उनैलाई हेर्ने ट्रेन्ड छ ।  हरेक चियापसलले हर्कलाई गफको बिषय बनाएको छ ।
    राजनितीमा चाँसो राख्ने र खासगरी राजनैतिक दलहरुबाट वाक्क भएकाहरुले उनैको फोटो टाँसेर हर्क मनाईरहेकाछन् ।
   मैले जस्तो ।


   झट्ट हेर्दा साम्पाङको उदय चमत्कार जस्तो देखिन्छ ।  धरान भन्दा बाहिर उनको नाम खास चर्चामा नहुनु र चुनावी नतिजा भन्दा पहिले मिडियाले कभर नगर्नुले पनि होला-  
    उनि गुमनाम थिए ।

 तर धरानमा,
     उनि हरेक नागरिकको मनमा रहेछन् ।  आफुले अनेकखाले दुःख  झेलेर, अपमान सहेर निरन्तर जनताको आवाज बोलिरहेका रहेछन् ।

 हेला,  अपमान र उपेक्षाहरुबाट अलिकती पनि बिचलित नभै अहोरात्र तहाँको खानेपानी ,  अस्पताल ,  बाटोघाटो र अन्य समस्याहरुका बिषयमा प्रश्न गरिरहेका रहेछन् ।
   जबाफमा कहिले जेल बस्नुपरेको रहेछ । कहिले कुटिनु परेको रहेछ ।
   
  उनिमाथी अनेकथरी आरोप लगाईएछ । बौलाह भनिएछ ।  

 अहँ,
    उनले प्रश्न गर्न र सरोकार पक्षलाई जबाफदेहि बनाउन छाडेनछन् ।

    तहाँका दलहरुले उनका कर्महरुलाई नजर अन्दाज मात्रै गरेनन् ,  उपेक्षा गरे र्खित्किए ।  आफुलाई मसिहा ठानेकाहरुले उनको शक्तिलाई कमजोर आँके ।

  र जबाफ समयले दियो । धरानी जनताले दिए ।

       उनले जितेको देखेपछी,
  मेरा सर्कलका केही युवाहरुमा भुत  चडेको छ । हर्क बन्ने भुत । हर्क बनाउने भुत ।
   
   गाउँठाउँका बेथितीहरुमा बोल्न डराउने,  बोलेकाहरुलाई होँच्याउने,  घोँच्ने ,  गाउँठाउँमा भएको के छ  बालमतलव भन्ने तर आफुलाई राजनितिज्ञ ठान्ने केही युवाहरुलाई हर्क बन्न मन लागेको छ !

 लेखेर केहि हुन्न । बोलेर केहि हुन्न ।  कराएर केहि हुन्न । 
    के गरेर हुनेरहेछ ?

 आन्दोलन भनेको ढुङा हान्नु ,  खपटि फोर्नु,  टायर दन्काउनु र जेल बस्नु मात्रै हो रहेछ त !

   अझ अचम्म त,
       एउटा वडामा राम्रो व्यक्तिले जित्त्दैमा केहि हुँदैन ,  त्यसले के गर्न सक्छ  भन्नेहरु पनि हर्कको जितले गदगद छन् ।
    आफुलाई हर्क देख्न थालेकाछन् । अथवा आफ्नो क्षत्रमा हर्क चाहिएको छ ।

    सामाजीक मुद्धाहरुमा सम्झौता गर्ने,  पत्रकारितामा हिसाबकिताब खोज्ने, घरी यो पार्टि घरि त्यो पार्टि चाहार्ने हरुलाई पनि हर्क बन्ने रहर लागेको छ ।


  म देख्छु त्यस्तो ।  मेसेन्जरमा धेरै साथिहरुको उपस्थिती त्यसै बिषयलाई लिएर भएको पनि छ ।

  हर्क,  व्यक्ती कम आन्दोलन ज्यादा थिए ।  रहेछन भनु न !  मैले पनि त भर्खरै थाहा पाएँ ।
  
  स- स्याना कुरामा निरन्तर लडिरहेका हर्कलाई बढो मसिनोगरि नियालिरहेका जनताहरुले चुपचाप भोट दिएछन् ।

  न पैसो,  न मासुभात,  न तेल न र्याली !  बिना झाइँझक्कड  आफ्ना बिचारलाई बिस्कुन बनाएर भोट सेमलेका रहेछन् साम्पाङ्ले ।

     उनले निर्वाचनका लागी भनेर कहिल्लै तयारी गरेनन् ।  टेम्पो  र साइकलमा साउन्डबक्स  झुन्ड्यार हिँड्नुको अलवा बडेमानका सभाहरु कतै भएनन् । गरेनन्,  आवश्यक नै ठानेनन् ।
   बस लागिरहे,  लागिरहे ,  लागिरहे...
    जनताका समस्याहरु जम्मा गरि हरेक संस्थाका दैलोमा चहारि रहे चहारि रहे......
    र समाधान चाहियो मागिरहे... मागिरहे...

   र आज उनी जातालाई दिने ठाउँमा आईपुगे ।

    आदरणिय मित्रहरु,
       यो हर्क सर्क बन्ने चक्कर छाडौँ ।  हाम्ले गर्नुपर्ने न्युनतम भुमिका निर्वाह नै  गरिरहेकाछैनौ ।  सामाजिक उत्तरदावित्वबाट भागिरहेका छौँ । सामन्य सहयोगी भाव कन्डिसनल छ ।
   टेक अन्ड  गिभ जस्तो ।
 
    बालाई उपचार गर्न लगेको छोराले,  बाको फोटो राखेर उपचार गर्दैछु लेख्छ ।
   हाम्ले कमेन्ट गर्छौ,   यस्तो पो छोरो । बा/  आमालाई  उपचार गर्ने !
   आहा !

  यहि हैन कुरो ।

 बाको उपचारमा सस्तो लोकपृयता चाहिएको छ ।  मलाई,  तपाईलाई हामि सवैलाई ।

   अनि बन्नुपर्ने छ हर्क !

      थोरै काम गरेर धेरै सम्मान र चर्चा चाहिएको छ ।  यस्तो बानि र रहरले मान्छे आफ्नो उदश्यबाट बन्चित हुन्छ ।  अल्झिन्छ,  भुल्छ र हराउँछ ।

  हामीहरुका काम यस्तै छन् । आज देखाउने,  भोली हराउने ।

  अनि बन्नुपर्न हर्क !

  साथिहरु हो-
      निरन्तर लडौ,  बोलौ,  प्रश्न गरौँ,  हातेमालो गरौँ,  सामजिक उत्तरदावित्व मात्रै पुरा गरौँ । 

    भैदियो के भनेनि ,
       अरुलाई पर्दा हामि मौन हुन रुचाउँछौ । टेन्सन नलिनी भन्छौ । झ्याउटो मान्छौ ।
  जव आफैमाथी आईलाग्छ,  अनि हामीलाई समाज देखी घिन लाग्छ । मान्छे स्वार्थी लाग्छ ।  बरबराउँछौ,  भुनभुनाउँछौँ र सहयोग बिहिन हुन्छौ ।

    त्यसैले,
  हर्क बन्ने चिन्ता छोडौँ । कसैलाई बनाउने कुरा पनि छाडौँ ।  

कसैले कसैलाई केही बनाउँदैन ।
   जो जे बन्छ आफ्ना कर्मले बन्छ । जो जे बन्यो कर्मैले बन्यो ।

   समाजका गतिबिधीमा चाँसो लिने गरौँ । आफुले सकिन्न,  आवाज उठाएकोलाई समर्थन गरौं ।
     गर्छु भनेकाहरुलाई घचघच्याउँ । बाटो बिराएकाहरुलाई तानौँ । त्यता होइन यता हो भनौ ।
    
    हेर्ने बानि छ भने सबै कुरो,
  हेरौँ,  तर कसैले केही गर्दैछ भने खुट्टा नतानौ ।  खित्का छोड्न छाडौँ ।

 हर्कहरु पक्कै जन्मन्छन् ।  समय र आवश्यकताले जन्माउँछ ।

प्रतिक्रिया दिनुहोस्