सेयर बजार घटेर लगानीकर्ताको सम्पत्ति माटो भइसक्यो : अध्यक्ष फुलेल

| २०७९ चैत १५ गते २१: १५ मा प्रकाशित

काठमाडौं । सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेल सेयर बजार घटेर लगानीकर्ताको सम्पत्ति माटो भइसकेको बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले लगानीकर्ताले चर्को शुल्क तिर्नुपरेको बताए । ‘भोलुममा कारोबार गर्ने लगानीकर्तालाई ठूलो मर्का परेको छ,’ उनले भने, ‘पूँजी बजार अर्थतन्त्रको ऐना हो, पूँजी बजार रह्यो भने मात्रै अर्थतन्त्र चलायमान हुनेछ ।

यस्तै, उनले संसदको अर्थसमितिले बजार बढेको बेला रोक्ने काम मात्रै गरेको र बजार घटेको बेला चुइक्क नबोलेको आरोप लगाए । यस विषयमा धितोपत्र बोर्डले समन्वय गरेर सकृय गराउनुपर्ने उनको भनाइ छ ।

उनले छिट्टै ब्रोकररहित कारोबार गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्