पाल्पामा जिप दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु, ८ घाइते

| २०८० फागुन १ गते १८: १५ मा प्रकाशित

पाल्पाको तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए । दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्