पिकअप भेन दुर्घटनाहुँदा १ जनाको मृ"त्यु :१५ जना घाइते

| २०८० फागुन २० गते १७: १० मा प्रकाशित

धनकुटा।धनकुटाको पाख्रिबासमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। धनकुटाको हिलेबाट चुम्बाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप भेन पाख्रिबास नगरपालिका वडा नं. १० चुम्वाङमा दुर्घटना हुँदा एक बालिकको मृत्यु भएको हो।

मृत्यु भएका ११ वर्षिया बालकको पहिचान नखुलेको धनकुटा अस्पतालले जनाएको छ। यस्तै धनकुटा अस्पतालका अनुसार पाख्रिबासका २२ वर्षिय रविका राई र काठमाण्डौका ४० वर्षिय सानु आलेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

यस्तै धनकुटा नगरपालिका वडा नं. ४ का ३६ वर्षिय देवि खत्री, १० वर्षिया अजित खत्रि, ३६ वर्षिय देविका खत्री, ४७ वर्षिया सुनिता खत्री, पाख्रिबास नगरपालिका वडा नं. १० का लक्ष्मी राईको धनकुटा अस्पतालमा उपचार भइरहको छ। अन्य ८ जनाको स्थानीय प्राथमिक अस्पतालमा उपचार गरि थप उपचारका लागि धनकुटा अस्पताल ल्याइदै गरेको धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो।

पिकअप सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो। ढुवानीका लागि प्रयोग हुने पिकअपले धनकुटाका ग्रामिण भेगमा मानिस बोक्ने गरेका छन्। पिकअपको डालोमा मानिस बोक्दा सम्बन्धित निकाय मुखदर्शक बनेको स्थानीयको आरोप छ। सवारी चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।source-nepaltvonline.com

प्रतिक्रिया दिनुहोस्