९ महिनामा सबैभन्दा बढी गलैँचा निर्यात, यी हुन निर्यात हुने मुख्य वस्तु

| २०८१ बैशाख ९ गते १७: १४ मा प्रकाशित

काठमाडौं। चालु आर्थिक वर्ष (आव) को ९ महिनामा नेपालबाट सबैभन्दा धेरै गलैँचा निर्यात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको ९ महिनामा सबैभन्दा धेरै अर्थात् ७ अर्ब १ करोड ७९ लाख ९४ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको हो ।

समीक्षा अवधिमा ६ अर्ब २ करोड ३१ लाख ४० हजारको अलैँची, ५ अर्ब ५४ करोड ३४ लाख १९ हजार बराबरको फलाम र २ अर्ब ९० करोड ६९ लाख २० हजार धागो नेपालबाट निर्यात भएको छ । यस्तै, रेजर वा ब्लेड १ अर्ब ५३ करोड २७ लाख ७३ लाख, ब्लीच ५ अर्ब ७ करोड २३ लाख, चिया २ अर्ब ३४ करोड ४ लाख, सल वा मर्फलर २ अर्ब २२ करोड ५७ लाख र कपडाको झोला १ अर्ब ८० करोड २५ लाखको बराबरको निर्यात भएको छ । 


जर्सी १ अर्ब ४१ करोड ७३ लाख, महिलाको ट्राउजर १ अर्ब २० करोड १७ लाख र महिलाको कपासको लुगा १ अर्ब १४ करोड १५ लाख बराबरको निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ९ महिना अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत वर्षको ९ महिनाको तुलनामा ३.६६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको थियो ।source-khabarhub

प्रतिक्रिया दिनुहोस्