सन्धिखर्क नगरपालिका

महतको निवासमै पुगेर प्रेस चौतारी अर्घाखाँचीले दियो समवेदना

२०७९ फागुन १४

हरि कुँवर  अर्घाखाँची ।प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीले पत्रकार प्रकाश महतको निवासमा पुगी समवेदना व्यक्त गरेको छ ।मालारानी-५ बाँगी पलसपाटा महतको निवास पुगी महतको निधनप्रति समवेदना तथा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको हो ।  समाज खेलजगत पत्रकारिता पक्षमा पुराएको योगदान अतुलनिय रहेको प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठले प्रतिक्रिया दिए ।