भूमिकास्थान नगरपालिका

भुमिकास्थान चुनढुङ्गा जनता समाज र पर्यावरण को लागि प्रतिकुल केबल द'ला'ल र मा'फि'या को लागि अनुकूलता

२०७९ पौष १२

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची भुमिका स्थान नगरपालिकामा केही समय अगाडि देखि केही चुनढुङ्गा माफिया हरु निरन्तर गिद्दे नजर बनायर यस क्षेत्रमा आँखा गाडिरहेका थिय। हामिलाई प्राप्त जानकारी अनुसार नरपानीमा रहेको कुनै एक रिषोर्ट मा डेरा गरि विभिन्न ब्यक्ति हरु सग भेट घाट लगायत कसलाई कसरी हुन्छ प्रभोलनमा पारी उत्खनन गर्न केही स्थानीय लगायत केही जिल्लाका गिरोह हरु निकै कृयासिल थिए। समाज बिग्रानका लागि सबै भन्दा सजिलो भनेको राजनीति सेटिङ्ग मिलाय पछि हुने हुदा कुनै न कुनै स्वार्थमा राजनीति लाई सामिल गराई उपयुक्त समीकरण बनाई जनता लाई छ्लकपट गर्ने यो अर्घाखाँची को राजनीतिक परम्परा नै हो।