मालारानी गाउँपालिका

नेपाली कांग्रेसको कार्यक्रम मालारानीमा सम्पन्न (तस्विर सहित)

२०७८ कार्तिक २४

कमला पाेख्रेल,मालारानी। - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसालले   कांग्रेसको नेतृत्वमा देश समृद्ध हुने बताउनु भएको छ। उहाँले  देशमा आर्थिक क्रान्ति कांग्रेसको नेतृत्वमा मात्र सम्भव हुने बताउनु भयो ।नेपाली कांग्रेस मालारानीले आयोजनामा  गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै  नेता भुसालले अर्घाखाँचीकाे विकासमा नेपाली कांग्रेसको प्रमुख भुमिका रहेको बताउनु भयाे ।