मालारानी गाउँपालिका

वृद्ववृद्वाको साहारा बन्दै मालारानी ५ का वडा अध्यक्ष

२०७८ सावन १२

अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिका वार्ड न ५ ले समाजिक सुरक्षा भत्ता लिन बैंक सम्म जान नसक्ने अपांग वृद्ववृद्वा लाई दिईने सामाजिक सुरक्षा भत्ताको सिफारिस गरेवापत लाग्ने रकम छुट दिएको छ गाउपालिकाले करको दायरामा ल्याउन को लागि हरेक सिपारिस गरे बापतको रकम तोकेरै पठाइएको छ यस अघि बैंक सम्म जान नसक्ने को हकमा ३०० लिइ सिपारिस गरिदै आएको मा अब देखि वृद्ववृद्वाको लागी गरिने सिपारिस बापतको पैसा नलिने पहिला लिएको पनि फिर्ता गर्ने वडा न. ५ का अध्यक्ष शोभाखर भुसालले बताउनु भयो।