शितगंगा नगरपालिका

शितगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

२०७९ फागुन ८

बिष्णु कुमार आले , अर्घाखाँची ।अर्घाखाँचीको शितगंगामा आज सोमबार देखि पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ।आज देखि शितगंगा १२ रजियाँ स्थित खेलमैदानमा निरन्तर आज फागुन ८ देखि फागुन १० गते सम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर पालिका भित्रका १५ ओटा माध्यमिक बिधालयका छात्रछात्रा खेलाडीहरूले भाग लिएका छन् ।