जिल्ला बुलेटिन

भुगर्भ सिमेन्टद्वारा खाँचीकोटका प्रभावित क्षेत्रमा बृक्षारोपण

२०७८ असार २१

कमला पोख्रेल,सन्धिखर्क। भुगर्भ सिमेन्ट प्रालिले खानी प्रभावित क्षेत्र सन्धिखर्कको खाँचीकोटमा बृक्षारोपण गरेको छ ।सिमेन्ट उत्पादनको लागि चुनढुंगा लैजाने क्षेत्रको वातावरण सन्तुलन कायम गर्न वृक्षारोपण गरिएको भुगर्भ सिमेन्ट प्रालिका सञ्चालक महेन्द्र रावलले बताए । खाँचीकोटको खानी प्रभावित क्षेत्रमा उत्तिस, दालचीनी , टिमुर, पैयु लगायतका ७ सय ५० विरुवा रोपिएको हो।