जिल्ला बुलेटिन

अर्घाखाँचीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि: ४४ जनाले कोभिड जितेर घर फर्किए (सम्पूर्ण विवरण सहित)

२०७८ सावन ३२

अर्घाखाँची। अर्घाखाँचीमा सोमबार ४४ जना कोरोना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ३० जना,भुमिकास्थान नगरपालीकाबाट १ जना,शितगंगा नगरपालीकाबाट ५ जना,मालारानी गाउँपालीकाबाट ७ जना, पाणिनी गाउँपालीकाबाट ० जना र छत्रदेव गाउँपालीकाबाट १ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन ।